२ कम्पनीको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 08:18:57 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तको आईपिओ भर्ने आज सोमबार अन्तिम दिन रहेको छ। दुवै कम्पनीले भदौ ४ गतेबाट आईपिओ निष्काशन गरेका हुन् ।

रिलायन्स लाइफ 

रिलायन्स लाइफ इन्स्योरेन्सले  प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये समान ५-५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ।  बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  आईपिओमा तेस्रो दिनसम्ममा ३ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आइतबार साँझ ४ बजेसम्ममा ५ लाख ३ हजार ८ सय २ आवेदकबाट २ करोड ४ लाख १४ हजार १ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ३.६० गुणा बढी हो । 

इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।   ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

कम्पनीले शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

समाज लघुवित्त

त्यस्तै समाज लघुवित्तले पनि भदौ ४ देखि नै आईपिओ निष्काशन गरेको हो ।   कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।  बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिनु पर्ने छ  । लघुवित्तले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्ममा १२७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आइतबार साँझ ५:४५ बजेसम्ममा ४ लाख ८६ हजार २ सय १४ आवेदकबाट १ करोड ३ लाख २१ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको छ । यो कम्पनीले माग गरे भन्दा १२७.९० गुणा बढी हो ।

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ३ जिल्ला कार्य क्षेत्र भएको यो कम्पनी सर्लाहीमा रहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved