राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सव सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 04:59:09 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संघको वार्षिकोत्सव राजधानिमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । 

कार्यक्रमको समुद्घाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले एक समारोहका बीच गरेका थिए । कार्यक्रममा पेशागत हक, हित तथा संस्थाको सम्बर्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो । 

वर्षिकोत्सवको अवसरमा बैंकका ८३ जना कर्मचारीले रक्तदान गरेका छन् । साथै आयोजकले निसहाय सेवा सदन बानेश्वरमा बृद्धबृद्धालाई भोजन खुवाएको छ ।

साथै कार्यक्रमको अवसरमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा वृक्षारोपण, बैंकका कर्मचारीहरु बीच म्युजिकल चेयर खेल प्रतियोगिता संचालन, संघमा आवद्ध निवृत ४८ जना बैंक कर्मचारीलाई आजिवन सदस्य पदक प्रदान, जोरपाटीस्थित बुद्धिष्ट बालगृहलाई रु १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्नुका साथै यो सालको माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट जीपिए प्राप्त गर्ने कर्मचारी संघमा आवद्ध बैंक कर्मचारीका ५ जना छोरा छोरीहरुलाई राविया छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । 

म्युजिकल चेयर खेलमा विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved