प्राधिकरण विरुद्द १६ उद्योग एकजुट, पुरानो लाइन नदिए आन्दोलन गर्ने चेतावनी

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 30, 2019 | 11:53:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवा–बुटवल कोरिडोरका उद्योगीहरुले विद्युत प्राधिकरणले उच्च दररेटको नयाँ ट्रंकलाईनबाट विद्युत जडान गर्दा आर्थिक भार थेग्न नसकेको भन्दै पुरानै फिडरबाट विद्युत उपलव्ध गराउन माग गरेका छन् । त्यस कोरिडोरका १६ वटा उद्योगीले हालको ट्रंकलाईनबाट उपलव्ध गराइँदै आएको विद्युत महशुल ६६ प्रतिशत उच्च दररेटको महंगो भएको भन्दै यसको भार थेग्न नसक्ने बताएका हुन्। 

भैरहवा क्षेत्रका उद्योगहरुलाई अमुवामा रहेको पूरानो फिडर ३३ केभिए लाईटबाट विद्युत उपलव्ध गराइएको थियो । तर २०७४ सालदेखि विशेष ट्रंकलाईनमार्फत विद्युत आपूर्ति गरिएको र साधारण महशुल मात्र लाग्ने भनेर प्राधिकरणले भनेपनि गएको मंसिरबाट ६६ दशमलव ६७ प्रतिशत उच्च दररेटको महंगो नयाँ ट्रंक लाईनको विद्युत महशुल जारी गरेको भन्दै उद्योगीले असन्तुष्टी जनाएका छन्। 

उनीहरुले प्राधिकरणको ध्यानाकर्षण गराउँदै पूरानै फिडरबाट विद्युत उपलबध गराउन माग गरेका छन् ।  भैरहवा क्षेत्रमा रहेका पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज प्रा.लि., पञ्चकन्या स्टील प्रा.लि., सोना प्याकेजिङ, एसआर स्टील प्रा.लि., नवनेपाल प्लाष्टिक इण्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेशनल ट्रेड रबर इण्डष्ट्रिज, जयदुर्गा प्लाष्टिक इण्डष्ट्रिज, सोना पोलिमर्स इण्डष्ट्रिज, यशोधा फूड प्रा.लि., प्रिया प्याकेजिङले पुरानै फिडरबाट बिजुली माग गरेका हुन् ।

त्यसैगरी एजी हेल्थ इण्डष्ट्रिज, एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रा.लि., लुम्बिनी फ्लोर मिल, फेरो स्टील प्रा.लि., लुम्बिनी पि.ए.सी. इण्डष्ट्रिज प्रा.लि. लगायतले भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स बेलेन्स गर्न यस क्षेत्रका उद्योगहरुलाई १० देखि १५ दिनसम्म सटडाउन लिइ ग्राउण्ड वाटर भरौलियाबाट विद्युत आपूर्ति गरेको भन्दै यो उद्योगीहरुलाई निकै महंगो पर्न गएको बताएका छन् ।

 यस क्षेत्रका उद्योगहरुलाई ३३ केभिएको भोल्टेज नै राम्रो भएकाले पुरानै लाईनबाट विद्युत आपूर्तिको व्यवस्था मिलाउन पनि उद्योगीहरुले माग गरेका छन् । पुरानै लाईनबाट विद्युत आपूर्ति नभए उद्योग नै बन्द गरेर आन्दोलन गर्ने एभरेष्ट रोलि¨ इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक अरुण कुमार गोयन्काले बताए ।

नयाँ ट्रंकलाईनको विद्युत महशुल जारी गरेको बिल प्राप्त भएपश्चात उद्योगहरु बन्द हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानले बताए । भैरहवा क्षेत्रमा रहेका १६ वटा उद्योगहरुमा विद्युत प्राधिकरणले राय सल्लाह नलिई एकतर्फी रुपमा ट्रंकलाईन जोडेको अवस्थाका कारण उद्योगहरु धरासायी हुने अवस्थामा रहेको न्यौपानेले बताए । २०७४ साल चैतदेखि बिलहरु ट्रंकलाईनको हिसाबले ६६ प्रतिशत वृद्धि भएर आएको र जसका कारण उद्योगहरुको उत्पादन फिदरलागत बढ्न गएको र प्रतिष्पर्धा गर्न गाह्रो भएको उनले बताए ।

यता नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले २०७४ चैत १४ गतेबाट ट्रंक लाइन बिलिङ सुरु भएको बताए । उनले त्यो भन्दा पहिले १६ वटा उद्योगमा छुट्टै ३३ केबिएको औद्योगिक कोरिडोर सञ्चालन रहेको बताए । ट्रंक लाइन सुरु हुनु अगाडी नै १६ वटा उद्योगहरुलाई जानकारी गराइएको र पिकअप आवरमा विद्युत नचलाउन आग्रह गरिएको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved