सामुदायिक लघुवित्तको आईपिओ भर्न राधीको आईपिओमा नपरेको पैसा फिर्ता होला कि नहोला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2018 | 09:54:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गते अर्थात् आगामी मंगलबारदेखि आईपिओ निष्काशन गर्दै छ । लगानीकर्तामा राधी बिद्युतको आईपिओ भर्दा नपरेको पैसा सामुदायिक लघुवित्तको आईपीओ भर्ने मिति सम्म फिर्ता हुन्छ कि हुँदैन भन्ने चासो बढेर गएको छ ।

राधी बिद्युतको आईपिओ ३ गते बुधबार बाँडफांड भएको थियो । 

राधी बिद्युतको आईपिओ निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्टका अनुसार आईपियोमा नपरेको पैसा फुकुवा गर्न सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्ने काम भईरहेको छ । नबिल इन्भेस्टमेन्टका एक अधिकारीका अनुसार हालसम्म ८० प्रतिशत आश्वा सदस्यलाई पत्राचार भईसकेको छ र बाँकि २० प्रतिशतलाई आजसम्ममा पत्राचार भई सक्ने छ ।

आश्वा सदस्यले शेयर बाँडफांड भएको ३ दिन भित्र शेयरमा नपरेको रकम फुकुवा गर्नु पर्ने भएकाले आगामी ९ गतेसम्म सबैको खातामा रकम आई सक्ने छ । अर्थात् राधीमा नपरेको पैसा नै लगानीकर्ताले सामुदायिक लघुवित्तको आईपिओ भर्न प्रयोग गर्न सक्ने छन् । 

राधीको आईपिओमा कुल १ लाख ६६ हजार ३ सय १७ आवेदन परेकोमा १३ सय २७ आवेदन रद्द भएका थिए । १ लाख ६४ हजार ९ सय ९० योग्य आवेदक मध्ये गोलाप्रथाबाट  ७१ हजार १ सय २  जनाले १० कित्ता र एकजनाले ११ कित्ता शेयर पाएका छन्  । 

आगामी ९ गते देखि सामुदायिक लघुवित्तले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

यो पनि : 

राधि बिद्युतको आइपीओ यसरी चेक गर्नुहोस


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved