कहिले फिर्ता हुन्छ सिभिल बैंकको लिलाममा हालेको पैसा ? यसो भन्छ बिक्रि प्रबन्धक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 01:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले लिलाम मार्फत सिभिल बैंकको  शेयर सकार्नेहरुलाई आगामी बिहिबार भित्र शेयर बाँडफांड गर्ने तयारी गरेको छ । क्यापिटलका मुख्य संचालन अधिकृत अतिश श्रेष्ठले आगामी बुधबार वा बिहिबार भित्र शेयर बाँडफांड गर्ने तयारी गरेको बताए । शेयर बाँडफांडपछि ३ कार्यदिन  भित्र शेयर नपरेका बोलकबोलदातालाई पैसा फिर्ता गर्ने क्यापिटलले जनाएको छ । यस अनुसार आगामी सोमबार भित्र लिलाममा आवेदन दिएका तर शेयर नपरेका बोलकबोलदाताले पैसा फिर्ता पाउने छन् ।  

२ सय ८३ जनाले सिभिल बैंकले लिलाममा राखेको शेयर पाएका छन् । बैंकको बिक्रि प्रबन्धक तथा सेयर निष्काशनकर्ता लक्ष्मी क्यापिटल कार्यालयमा गत मंगलबार खोलिएको लिलाम शेयरको बोलपत्रको नतिजा अनुसार २ सय ८३ जनाले शेयर पाएका हुन। लिलाममा ४ हजार ४० जनाले आवेदन दिएकोमा ४७  जनाको आवेदन भने रद्द भएको छ । क्यापिटलले दिएको जानकारी दिएको अनुसार खरिद गर्न चाहेको कित्ता स्पष्ट नलेखेको, बैंक भौचर नभएको, लगायतका कारणले आवेदन रद्द भएका हुन् । 

लिलाममा राखिएको साधारण तर्फको शेयरको कट अफ मुल्य प्रति कित्ता १३३ कायम भएको थियो ।  

लिलाममा सबै भन्दा धेरै ४ सय रुपैयाँको लागि आवेदन परेको थियो । जुन बजार मूल्यको दोब्बर भन्दा बढी हो ।  

सिभिलले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित ४२ लाख ३८ हजार ९५८ कित्ता सेयर  फागुन २३ देखि चैत १ सम्म लिलाम मार्फत बिक्रि गरेको थियो ।  

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख खुद नाफा गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved