श्वेतपत्रले बढाएन लगानीकर्ताको मनोबल, दोहोरो अंकले घट्यो सूचक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 03:44:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले जारि गरेको श्वेतपत्रले लगानीकर्ताको मनोबल जित्न असफल भएको छ । जसको फल स्वरुप आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २४ अंकले घटेर ११९६.२४ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका १५७ कम्पनीका १२ लाख ८३ हजार १३ कित्ता शेयर खरिद बिक्रिबाट ३१ करोड २३ लाख ९४ हजार ३ सय ७९ रुपियाँको कारोबार भएको छ । आज स्ट्यान्डर्ड चार्टड बैंक , र नबिल बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज तिनाउ विकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै ३.९१ प्रतिशत कमाएका छन् । त्यस्तै  स्वदेशी लघुवित्त र नेपाल हाइड्रोको सेयरमूल्य तीन प्रतिशत बढीले बढेको  छ । कालिका माइक्रो, एभरेष्ट इन्स्योरेन्स तथा जलविद्युत तथा लगानी कम्पनीका लगानीकर्ताले पाँच प्रतिशतका दरले गुमाएका छन् ।

आज एनएमबि हाइब्रिड फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् भने कालिका माइक्रो, एभरेष्ट इन्स्योरेन्स तथा जलविद्युत तथा लगानी कम्पनीका लगानीकर्ताले पाँच प्रतिशतको हाराहारीमा गुमाएका छन्।

सरकारले शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको उल्लेख गरेको थियो  । तर स्वेतपत्रले बजार सकारात्मक हुन् सकेन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved