नेपाल बैंकको १ करोड ७६ लाख कित्ता एफपिओ आउदै, बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 30, 2018 | 11:15:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेड्ले एफपिओ (थप सार्वजनिक निष्काशन) प्रक्रिया अगाडि बढाएको छ । बैंकले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो  ।  

एफपिओ निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेड , नारायण चौर नक्साललाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । यस सम्वन्धी सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिध्दार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी  अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । शेयरको निष्काशन मूल्यका सम्वन्धमा बैंकले आन्तरिक गृहकार्य गरिरहेको छ । उक्त निष्काशन मूल्य नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा तय गरिनेछ ।  

नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ । मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट् मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याईरहेको यस बैकले ०७४ चैत मसान्तसम्म रु ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी रु ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved