धितोपत्र बोर्डको ९ महिने प्रगति: सिआश्वा, ब्रोकरलाई कारबाहीदेखि पुंजी वृद्धिसम्म (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 07, 2018 | 07:13:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आफ्नो ९ महिने कार्य प्रगति विवरण सार्बजनिक गरेको छ ।  पुंजी बजार प्रदर्सहानीबारे जानकारी दिन आयोजित कार्यक्रममा यस आर्थिक बर्षको ९ महिनाको अवधिमा बोर्डले गरेको प्रगति विवरण सार्बजनिक गरेको हो  । २५ गते देखि चल्ने यस प्रर्दशनी काठमाडौको भृकुटी मण्डपमा हुनेछ । प्रर्दशनीमा नेप्से, सिडीएस एण्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ लगायत १७० वटा स्टल रहने आयोजक धितोपत्र बोर्डले जनाएको छ ।  स्टल मार्फत लगानीकर्ताले धितोपत्र बजार बारे जानकारी पाउनेछन् । प्रदर्शनीमा धितोपत्र सम्बन्धी अध्ययन सामाग्री निःशुल्क प्रदान गरिने बोर्डले जनाएको छ ।  

त्यस्तै बोर्डले आज नै ९ महिने कार्य प्रगति विवरण सार्बजनिक गरेको हो । प्रगति विवरणमा फागुन ११ गतेदेखि सी आश्वा अनिवार्य गरेको र यसले शेयर निष्काशनदेखि कारोबारको अवधि ६ महिनाबाट ५० दिनमा झरेको बिषय प्रमुखताका साथ उल्लेख गरिएको छ । 

त्यस्तै सार्बजनिक निष्काशनमा हरेक आवेदकलाई न्युनतम १० कित्ता अनिवार्य शेयर बाँडफाड गर्नु पर्ने नियम लागु गरिएको, हाइड्रोको सार्बजनिक निष्काशनमा थप विवरण खुलाउनु पर्ने ब्यबस्था गरिएको बिषय समेटिएको छ  । 

मार्जिन ट्रेडिङ कार्यबिधी अन्तिम चरणमा पुगेको तथा इन्टरनेटबाट शेयर खरिद बिक्रि आदेश दिन सकिने ब्यबस्था गरिएकोको बिषय पनि प्रगति विवरणमा अटाएका छन् 

यस्तै मर्चेन्ट बैंकरको चुक्ता पूँजी तीन गुणाभन्दा बढीले बृद्धि गर्नुका साथै संगठित संस्थाको संरचनामा हेरफेर, व्यावसायिक योजना, लोन सिण्डिकेसन, वर्किङ कयापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, हेज फण्ड लगायत कार्य गर्न सक्ने गरी कार्यक्षेत्रको विस्तार गरिएको तथा सूचिकृत जलविद्युत कम्पनीको  नक्कली सेयर कारोबार गरेको भन्दै दुइ ब्रोकर कमपनीलाई जरिवाना गरेको बिषय प्पानी प्रगति विवरणमा उल्लेख छ । 

हेर्नुस बोर्डको ९ महिने प्रगति विवरणको पूर्ण पाठ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved