आर्थिक सर्वेक्षणले भन्यो 'शेयरबजार स्थिर, बैंकमा निक्षेप २४ खर्ब'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 02:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक बर्ष ७४/ ०७५ आर्थिक सर्वेक्षण आइतबार संसदमा पेश गरेका छन्। आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले अाव अन्त्यसम्ममा अार्थिक वृद्धिदर  ५.८९ रहने बताएका छन् । अार्थिक वृद्धिदर चालू अावकाे ८ महिनामा ५.८३ प्रतिशत रहेकाे र चालू आवको मूल्यवृद्धि ६ प्रतिशत रहने देखिएको मन्त्री खतिवडाले जानकारी दिए  ।

मन्त्री खतिवडाले आर्थिक सर्वेक्षणमा शेयरबजार  स्थिर रहेको उलेख गरेका छन् । सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैकिङ क्षेत्रका कम्पनीले ओगटेको र बैंक तथा वित्तीय संस्था कर्जा बृद्धिदरको तुलनामा निक्षेपको वृद्धिदर कम रहेको सर्वेक्षणले देखाएको छ। बैंकमा निक्षेप २४ खर्ब र कर्जा २२ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।निक्षेप वृद्धिमा कर्जाको वृद्धिदर उच्च रहेकाले बैंकमा लगानीयोग्य पुँजमिा चाप परेको छ । 

यसवर्ष सञ्चालनमा रहेका ३७ सार्वजनिक संस्थानमध्ये २६ नाफामा र ११ घाटामा सञ्चालित छन् । ती संस्थानमा सरकारको लगानी कूल ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । 

 वित्तीय सेवामा जनताको पुहुँच बढ्ने क्रममा बैंक तथा वित्तीय संस्थाको नेपालभर रहेका शाखाको संख्या ५८३७ पुगेको छ । त्यसैगरी बीमा कम्पनीको संख्या पनि बढेर ३९ पुगेको छ ।  

शोधानन्तर स्थिती घाटामा रहेको सर्वेक्षणले देखाएको छ ।    चालू आवको पहिलो ८ महिनामा यो घाटा २५ अर्ब रुपैयाँ पुगेको छ । बिदेशी सन्चितीले १० महिनाको आयात धान्न सक्ने अवस्था रहेको छ । 

विप्रेषण आप्रवाह ४ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशत बढी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved