दोहोरो अंकले घटेको बजारमा एनसीसी बैंकको कारोबार उच्च, टर्नओभर २१ करोड मै सिमित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2018 | 03:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  । आज नेप्से सूचक ११.७३ अंकले घटेर ११८१.६६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६३ कम्पनीका ६ लाख ६१ हजार २ सय ४६ कित्ता शेयर खरिद बिक्रिबाट २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँको कारोबार भएको छ ।

आज एनसीसी बैंकको सर्बाधिक १ करोड ४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नयाँ नेपाल लघुवित्त, सिटिजन्स बैंक इन्टरनेशनल, साना किसान विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

आज कारोबारमा आएका फाइनान्स बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज तिनाउ विकास बैंकका लगानीकर्ताले सर्बाधिक ६,४७ तथा जानकी फाइनान्सका लगानीकर्ताले ५.६३ प्रतिशत कमाएका छन् । त्यस्तै अरुण भ्याली हाइड्रोका लगानीकर्ताले सर्बाधिक ४.८२ तथा युनाइटेड इन्स्योरेन्सका लगानिकर्ताले ४.२३ प्रतिशत गुमाएका छन् ।

आज एनसीसी बैंकको सर्बाधिक ४३ हजार ९ सय ९३ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved