रोकिएन नेप्सेको गिरावट, गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता अगाडी, २२ करोडको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 03:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से घटेको छ । आज सूचक ८.२२ अंकले घटेर ११८८.०७ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १ सय ६० कम्पनीका ६ लाख ३ हजार १ सय २ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको सर्बाधिक १ करोड ८९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंकल , चिलिमे हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

आज कारोबारमा आएका उत्पादन बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.२६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा जानकी फाइनान्स, महुली सामुदायिक लघुवित्त लगायत रहेका छन् । आज सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ९.३७ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, हिमालय पावर पार्टनर, खानीखोला हाइड्रो, छ्याङदी हाइड्रो लगायत रहेका छन् ।

आज सेन्चुरी बैंकको संस्थापक शेयरको सर्बाधिक ३३ हजार ३ सय ११ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved