२ कम्पनीले मागे आईपिओ निष्काशनको अनुमति, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 11:04:25 AM मा प्रकाशित

laxmi  sunrise bank

२ हाइड्रोपावर कम्पनीले अईपियो निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले स्थानीयको लागि र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

 ग्रीन लाइफले स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीको विक्री प्रवन्धकमा काठमाडौं क्यापीटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले दोलखामा ४० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै जोशी हाइड्रो पावरले सर्वसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार बराबरको १६ लाख ९० हजार ४७० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

कम्पनीले यस अघि  आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको तीन लाख ७१ हजार चार सय कित्ता शेयर निष्काशन गरेको थियो  ।  कम्पनीको आईपिओमा केवल १ लाख २९ हजार ३ सय कित्ताको माग परेको थियो । यो कुल निष्काशनको ३४.८१ प्रतिशत मात्र हो । अर्थात् कम्पनीको आधा आईपिओ पनि बिक्रि हुन् सकेको थिएन । कम्पनीको दुई लाख ४२ हजार १० कित्ताको लागि माग नआएको हो । स्थानीयबाट आवेदन नपरेको शेयर कम्पनीले सर्वसाधारण बिक्रि गर्न लागेको हो । 

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved