अब स्थानीयलाई नै ब्रोकर लाईसेन्स, फुल फेज अनलाईन अगाडी नै मार्जिन लेण्डिंग सुबिधा

मङ्सिर १ गतेबाट अनलाइन ट्रेडिङ
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 11:50:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजार विस्तारको लागि बैंकलाई ब्रोकर लाइसेन्स दिने भनिएकोमा अब स्थानीयले पनि ब्रोकर लाइसेन्स पाउने भएका छन। अहिले ५० वटा ब्रोकरको हातमा सिमित सेयरबजारलाई स्थानीय स्तरमै विस्तार गर्नका लागि नेपाल धितोपत्र बोर्डले पहल गरेको बताइएको छ।

धितोपत्र बोर्ड पुगेको नेपाल पुन्जिबजार संघका प्रतिनिधिसंगको अनौपचारिक छलफलमा बोर्डका अधिकारिले स्थानीय स्तरमै सेयरबजार विस्तार गर्ने गरि बैंक बाहेकलाई पनि ब्रोकर लाइसेन्स दिने छलफल अगाडी बढेको बताएको संघका अध्यक्ष नबराज सुबेदीले बिजपाटीलाई बताएका छन।

त्यस्तै बोर्डले लगानीकर्ताको पर्खाइमा रहेको मार्जिन ल्यान्डिङको काम पनि अन्तिम अवस्थामा पुगेको र तिहारअघि नै कार्यन्वयनमा आउन सक्ने सम्भावना भएको बोर्डको भनाई उद्रत गर्दै सुबेदीले बताए।

त्यस्तै 'हाउगुजी' जस्तै बनेको अनलाइन ट्रेडिङ तिहारअघि नै आउने निश्चित भएको सुबेदीले बताए। नेप्सेका आइटी टिमले तिहारअघि नै अनलाइन ट्रेडिङ फुल फेजमा आउने बताएको सुबेदीले बताएका छन। सुबेदीले आइटी टिमको भनाई उदृत गर्दै बिजपाटीलाई भने, 'कत्तिक १५ गते अनलाइन ट्रेडिङ सुरु हुन्छ र मङ्सिर १ देखि लगानीकर्ताले आफैंले अनलाइन मार्फत कारोबार गर्न पाउनेछन।'  त्यस्तै अनलाइन कारोबार प्रणाली निर्माण गरेको वाईको सिस्टमको युएटि गर्ने काम पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved