ब्रोकरसंग गर्नु पर्ने सम्झौतापत्र तयार, लगानीकर्ताले आइतबारबाट अनलाईन कारोबार गर्न पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 04:13:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनलाइन ट्रेडिङको लागि लगानीकर्ताहरुले ब्रोकर कम्पनीसंग गर्नु पर्ने सम्झौताको ड्राफ्टलाई अन्तिम रुप दिएको छ  । सम्झौता पत्र धितोपत्र बजारका विभिन्न नीति नियम तथा बिनियमावलीहरुमा आधारीत रहेर तयार पारिएको नेप्सेले जनाएको छ  । सम्झौता पत्र शुक्रबार सार्बजनिक गर्ने नेप्सेको तयारी छ  । 

नेप्से प्रबक्ता मुराहरी पराजुलीले जोखिम व्यवस्थापन र लगानीकर्ताको सम्पत्ति सुरक्षाको बिषयलाई बिशेष ध्यान दिएर सम्झौता पत्रमा तयार गरिएको बताएका छन् । उक्त सम्झौता पत्र शुक्रबार ब्रोकरलाई पठाईने छ ।  आइतबारबाट ब्रोकरसंग सम्झौता गरेर सोहि दिन आईडी पासवर्ड लिई लगानीकर्ताले अनलाइन मार्फत कारोबार गर्न सक्ने प्रबक्ता पराजुलीले स्पष्ट पारेका छन् । अर्थात् सम्झौता गरेका लगानीकर्ताले आइतबार बाट नै अनलाइन ट्रेडिङ प्रयोग गर्न सक्ने छन् ।  सम्झौताको गर्नु पुर्व लगानीकर्तालाई अनिवार्य रुपमा केवाईसी अपडेट गराउनु पर्ने छ । 

आइतबारबाट सम्झौता गरेका लगानीकर्तालाई अनलाइन पासवर्ड उपलब्ध गराउने र पुस १७ गतेदेखि सम्पूर्ण लगानीकर्तालाई कारोबार प्रणाली खुला गरिने नेप्सेले जनाएको छ  । अनलाइन ट्रेडिङमा लगानीकर्तालाई अभ्यस्त गराउन नेप्सेले तालिमको पनि आयोजना गरेको थियो  । करिब ३ सय जनाले तालिम लिएको र तालिम भोलि शुक्रबार पनि जारि रहने भएको छ  । 

अनलाइन प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको र अब कुनै पनि समस्या नरहेको नेप्सेले स्पष्ट पारेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved