सिटिजन म्युचल फण्डको नयाँ योजना जेठ ९ देखि, २ करोडसम्मको आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 09:51:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआइएल क्यापिटलले जेठ ९ गते देखि नयाँ सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने भएको छ  । सिटिजन्स बैंक Citizens Bank International Limited  कोष प्रवर्द्धक र क्यापिटल योजना ब्यबस्थापाक रहेको सिटिजन्स म्युचल फण्ड २ अन्तर्गतका इकाईहरु सर्वसाधारणलाई निशाक्ष्ण हुन् लागेको हो  । यो योजना सिटिजन्स मुयुचल फण्ड अन्तर्गत संचालन हुने छ  ।

यस योजना अन्तर्गत क्यापिटलले १ अर्ब बराबरको प्रति इकाई १० रुपैयाँ अंकित १० करोड इकाई निष्काशन गर्ने छ  । जस मध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकको लागि छुट्याइएको छ भने बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।

इच्छुक लगानीकर्ताले न्युनतम सय इकाई र अधिकतम २ करोड इकाईको लागि आवेदन दिन सक्ने छन्  । आवेदन दिनको लागि छिटोमा जेठ १३ र ढिलोमा असार ८ गतेसम्मको मिति तोकिएको छ  । लगानीकर्ताले सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सक्ने छन्  ।

कम्पनीको यो योजना ७ बर्षे बन्दमुखी योजना हो  । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved