नेप्सेले ल्यायो नयाँ वेबसाइट, यस्ता छन् फिचर्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 03:01:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले नयाँ वेबसाइट संचालनमा लाएको छ  । यद्यपि नेप्सेले नयाँ वेबसाइट अहिले बेटा भर्जन मै अर्थात् निर्माणको क्रम मै रहेको र वेबसाइटमा देखिने डाटाहरु फरक पर्न सक्ने जनाएको छ  । नेप्सेले सरोकारवालाहरुको सल्लाह सुझावको लागि वेबसाइट बेटा भर्जन मै सबैको लागि सार्वजनिक गरेको जनाएको छ  । नेप्सेले केहि सुझाव भए  [email protected] मा मेल गर्न आग्रह गरेको छ । प्राप्त सुझावहरुलाई अध्ययन गरेर परिमार्जन सहित वेबसाइट लाइभ गरिने नेप्सेले जनाएको छ 

यो वेबसाइटमा डाईनामिक टेक्नोलोजी प्रयोग गरिएको, आवश्यकता अनुसार मेनु हटाउन सकिने, अन्तराष्ट्रिय स्तरको बनाईएको नेप्सेले जनाएको छ । साथै नेप्सेको वेबसाइटबाट डाटा दुरुपयोग भएकोले अब नेप्सेबाट डाटाहरु कपि गर्न नमिल्ने बनाईएको छ । त्यस्तै कम्पनीको हरेक दिनको फ्लोरसिट छुट्टाछुट्टै हेर्न सकिने, कम्पनीको हरेक दिनको कुल कारोबार कित्ता छुट्टाछुट्टै हेर्न सकिने सुबिधा पनि छ । 

कम्पनीको मूल्यको आधारमा ग्राफ पनि परिमार्जन गरी थप ब्यबस्थित बनाईएको नेप्सेले जनाएको छ । यस अघिको वेबसाइटमा कम्पनीको सिम्बलबाट मात्र कम्पनी खोज्नु सकिने रहेकोमा अबको वेबसाइटमा नाम टाईप गरेर पनि सर्च गर्न सकिने छ ।  

नेप्सेले यो बेटा भर्जन कै साइट रहेकोले नझुक्किन सम्पूर्ण सरोकारवाला समक्ष आग्रह गरेको छ।  यहाँ क्लिक गरेर नयाँ वेबसाइट हेर्न सकिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved