नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 08:33:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स Neco Insurance Company Limited को शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनसमा मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको मूल्य ४०३.५७ रुपैयाँ कायम भएको छ 

कम्पनीले भदौ १४ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ ३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । भदौ २ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्ने छन् 

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले १२ प्रतिशतले हुन १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस शेयर र ०.६३ प्रतिशतले हुन् आउने ७४ लाख २९ हजार १ सय २७ रुपैयाँको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  


साधारणसभाले पारित गरेपछि उक्त्र लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved