२ दिनको शेयर कारोबार रद्द गर्न ४ लगानीकर्ता संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 04:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न ४ वटा लगानीकर्ता शेयर लगानीकर्ता संघले विगत २ दिनमा भएको शेयर कारोबार रद्द गर्न माग गरेका छन् । नेपाल इन्भेस्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, शेयर लगानीकर्ता दादाब समुह र नेपाल पुंजीबजार संघले संयुक्त रुपमा २ दिनको शेयर कारोबार रद्द गर्न माग गरेका हुन् ।

यी ४ संघले संयुक्त विज्ञप्ति मार्फत लगानिकर्ताहरूको न्युन सहभागिता र न्युन संख्यामा भएका शेयर कारोवारलाई रद्द गरी वहुसंख्यक लगानिकर्ताहरूको व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गरी अभिभावकीय भुमिका निभाउन नेपाल धितोपत्र वोर्डलाई अनुरोध गरेका हुन् । 

उनीहरुले यी दुई दिनमा भएको कारोबारमा डिम्याट होल्डर मध्ये ०.०४ प्रतिशत मात्रै कारोबारमा संलग्न भएको र अत्यन्तै न्युन सहभागिता भएकोले कारोबार रद्द गर्न माग गरेका हुन् ।  विज्ञप्तिमा भनिएको छ 'अनलाईन लिएका लगानिकर्ताहरू २७२५२ मध्ये क्रमशः ८८४ र ७६९ जनाले मात्रै सहभागिता जनाउँदा करिव ५ प्रतिशत मात्रै प्रतिनिधित्व हुन्छ जसले बजारमा अत्यन्तै न्युन सहभागिता जनाएको पुष्टि हुन्छ र बहुसंख्यक लगानिकर्ताको प्रतिनिधित्व भएको देखिंदैन ।' 

आफुहरुले लकडाउनमा बजार संचालन गर्दा सिमित व्यक्तिहरूको मात्रै पहुँच हुन सक्ने र कारोवार बाट शेयरको मुल्यमा चलखेल हुने आशंका गरेको तथा २ दिनको बजारले सो पुष्टि गरेको दाबी गरेका छन् ।  उनीहरुले आगामि दिनका कारोवार संचालन गर्दा कोरोना भाईरसको प्रभाव अन्त्य नभए सम्मको लागि उपयुक्त विकल्पको खोजी गरी र पुर्ण स्वचालित प्रविधिलाई प्राथमिकतामा राखी कारोवार गराउनु हुन समेत माग गरेका छन्।

यस्तो छ विज्ञप्ति : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved