माउन्टेन इनर्जीले भदौ ३१ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 08:39:25 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल लिमिटेडले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि साउन ८ गतेदेखि आईपिओ निष्काशन गर्ने जनाएकोमा देशका अधिकांश स्थानमा बाढी पहिरोको भयावह अवस्था सिर्जना भएको र प्रभावित क्षेत्रमा गएर सेवा प्रवाह गर्न नसकिने भन्दै कम्पनीले अर्को सूचना नभएसम्मको लागि आईपिओ बिक्रि स्थगन गरेको थियो । 

स्थगित आईपिओ भदौ ३१ बाट बिक्रि खुला हुने भएको हो । यस संगै कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दीका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्ने छ । जसमा नुवाकोटको स्थानीयलाई २ लाख ९ हजार ३ सय ६५ कित्ता र म्यादीका स्थानीयलाई १७ लाख ५८ हजार ६ सय ६२ कित्ता शेयर छुट्याईएको छ  ।  शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीयलाई शेयर निष्काशनपछि कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ  । कम्पनीले सर्वसाधारणको लागि  १९ लाख ६८ हजार २७ कित्ता शेयर छुट्याएको छ । 

 कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र  मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved