स्टक डिलरलाई ब्रोकर ब्याकअफिस र डाटा सेन्टर तयार पार्न नेप्सेको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 02:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नागरिक लगानी कोषको स्टक डिलर कम्पनीलाई आवश्यक पूर्वाधार तयार पार्न निर्दशन दिएको छ । नेप्सेले स्टक डिलर कम्पनीलाई ब्रोकर ब्याक अफिस र डाटा सेन्टर तयार पार्न निर्देशन दिएको कम्पनीका प्रबन्धक निर्देशक इन्द्र कट्टेलले जानकारी दिए । 

स्टक डिलरले शेयर कारोबारको लागि ब्रोकर कोड माग गरेपछि नेप्सेले आवश्यक पूर्वाधार तयार पारेर आउँनको लागि निर्देशन दिएको हो । स्टक डिलरले पनि ब्रोकरको सरह नै आवश्यक पूर्वाधार तयार पार्नु पर्ने हुन्छ ।  

स्टक डिलरको क्षेत्रफल कम्तीमा ५०० वर्गफिट हुनुपर्ने, कम्तीमा ५ थान कम्प्यूटर, प्रिण्टर, फ्याक्स तथा टेलिफोन हुनु पर्ने, कम्तीमा स्नातक तह उत्तिर्ण गरेको दुइजना सहित कम्तीमा सात जना कर्मचारी राखेको हुनु पर्ने र संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था गरेको हुनु पर्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेले तोएको मापदण्ड अनुसारको डाटा सेन्टर तयार पार्नु पर्ने छ । 

प्रबन्धक निर्देशक कट्टेलले छिट्टै नै ति पूर्वाधार तयार पारेर नेप्से समक्ष प्रस्तुतिकरण दिने बताए । उनका अनुसार यसै महिना भित्र कारोबार सुरु गर्ने गरी कम्पनीले तयारी गरिरहेको छ 

कम्पनीले नयाँ बानेश्वरको कृष्णा टावरमा कार्यालय स्थापना गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved