जनरल इन्स्योरेन्सको आईपिओमा रेकर्ड ब्रेक, ५ लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 05:59:10 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओमा ८ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपिओमा आज अन्तिम दिनसम्ममा ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७ हजार कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा ८.२८ गुणा बढी हो । 

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।  कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने छन् ।  यस हिसाबमा ५ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि आवेदन भेरिफाई हुने क्रम जारी रहेको र बैंकहरुले आज मध्यरातसम्म सिस्टम डाटा अपडेट गर्न सक्ने भएकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।  

कुनै पनि आईपिओमा ८ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved