ग्लोबल आईएमइ लघुवित्तले स्पर्सलाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 02:55:50 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमइ लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited  ले स्पर्स लघुवित्त Sparsha Laghubitta Bittiya Sanstha लाई गाभ्ने भएको छ । दुई संस्थाबीच मंगलबार यस समबन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा ग्लोबल आईएमई लघुवित्तको तर्फबाट अध्यक्ष बुद्धि अकेला र स्पर्सको तर्फबाट अध्यक्ष प्रा.डा. सुशील भक्त माथेमाले हस्ताक्षर गरेका छन् ।

ग्लोबलको रजिष्टर्ड कार्यालय लमजुङ जिल्ला बेसिशहर नगरपालिका वडा नं.८ बेसिशहरमा रहेको छ भने स्पर्सको केन्द्रीय कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा रहेको छ । ग्लोबलले २०७० जेष्ठ ५ गतेबाट कारोबार संचालन गरेको हो भने स्पर्सले २०७४ साउन २९ गतेबाट कारोबार संचालन गरेको हो  ।

हाल ग्लोबलको चुक्ता पुँजी २५ करोड ९५ लाख रहेको छ भने स्पर्सको चुक्ता पुँजी ९ करोड ३७ लाख रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved