सिभिल बैंकको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 01:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  जेष्ट २ गते डाकिएको साधारणसभाका लागि बैंकले बैशाख २१ देखि जेठ ४ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बैशाख २१ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख २० सम्म कायम सेयरधनीहरुले मात्रै बैंकले प्रस्ताब गरेको २ दशमलब ८८ प्रतिशत बोनस सेयर प्राप्त गर्ने छन् भने साधारणसभामा भाग लिन पाउने छन।बैंकको आगामी छैटौं बार्षिक साधारणसभा जेठ ४ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने छ। 


चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १७ करोड १४ लाख खुद नाफा गरेको थियो  । हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ५८ करोड रहेको छ ।

त्यस्तै 

बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले हामा मर्चेन्ट र युनिक फाइनान्सलाई प्राप्ती गर्ने निर्णय गरेको छ। हामा र युनिकलाई बैंकले क्रमश: ८९ र ९० प्रतिशतको स्वाप रेसियोमा गाभ्ने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। 

हामा र युनिकलाई प्राप्ति पश्चात बैंकले यस अघि निष्काशन गर्ने भनेको २० प्रतिशत हकप्रदलाई समायोजन गरि ३० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ।  


  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved