मेगा बैंक र ओम डेभलपमेन्ट बैंकले पाए हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 03:11:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र ओम डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति पाएका  छन्  ।  बैंकले १०:६.५ को अनुपातमा  ६५ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । 

अब बैंकले २ अर्ब ९७ करोड बराबरको सय रुपियाँ अंकित २९ लाख ७८ हजार ५ सय ३४ दशमलव ३३ कित्ता हकप्रद निष्काशन गर्ने छ।  बैंकले हकप्रद निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी साढे ७ अर्ब पुग्ने छ भने चालु आर्थिक बर्षको बोनसबाट चुक्ता पुंजी ८ अर्ब पुर्याउने बैंकले तयारी गरेको छ ।  मेगाले टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको छ ।

त्यस्तै ओम डेभलपमेन्ट बैंकलेपनि हकप्रद निष्काशनको अनुमति पाएको छ  । बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  ।  बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपियाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो    ।  

ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक हालै मर्ज भएका हुन्   । 

 गोरखाको बसपार्कमा प्रधान कार्यालय रहेको मनास्लु विकास बैङ्क र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको ओम विकास बैङ्क बिचको मर्जर पश्चात चुक्ता पुंजी १ अर्ब ६४ करोड पुगेको छ । त्यस्तै ३० प्रतिशत हकप्रद बिक्रि वितरण पश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved