पुर्णिमा बिकास बैंकले भदौ १९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रि गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 04:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्णिमा बिकास बैंकले भदौ १९  गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । बैंकले असार १९ गतेदेखि साउन २२ गतेसम्म  ४ बराबर १ अर्थात २५ प्रतिशतका दरले हकप्रद निष्काशन गरेको थियो । 

अब बैंकले हकप्रदमा बिक्रि नभएको ६६ हजार ९ सय ११ दशमलव ८२ कित्ता शेयर लिलाम   बढाबढमा बिक्रि गर्ने भएको हो। कुल शेयर मध्ये संस्थापक तर्फ ४६ हजार २ सय ५८ दशमलव ०५ कित्ता र सर्बसाधारण तर्फको २० हजार ६ सय ५३ दशमलव ७७ कित्ता शेयर रहेका छन्  । 


इच्छुक बोलकबोल दाताले भदौ १९  देखि भदौ २६  गते बैंकिङ समय ३ बजेसम्म बैंकको बिक्रि प्रबन्धक सिद्दार्थ    क्यापिटलको नक्साल  स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ।  बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved