खुलाशा: नेपालमै यसरि बन्छ विश्वकै महँगो 'मुद्रा' बिटक्वाइन, थप रहस्य उजागर गर्दै सीआईबि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2017 | 06:51:58 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बजारमा संचालनमा आएका भर्चुअल मुद्रा ( क्रिप्टोकरेंसी) मध्येकै सबै भन्दा महँगो मुद्रा बिटक्वाइन नेपालमै बन्ने गरेको खुल्न आएको छ।  केहि साता अघि पक्राउ परेका काठमाडौं भाटभटेनीका विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले दोलखा जिल्लाको किर्नेटारमा बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो। 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले केहि साता अघि बिटक्वाइन किनबेचमा संलग्न व्यक्तिहरु पहिलोपटक पक्राउ गरेको थियो। पक्राउ परेका मध्यका शाहले अनुसन्धानको क्रममा यस्तो खुलासा गरेका हुन। 

शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको स्वीकारेका छन।    

अमेरिकाबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका शाहले हंङ्कङवाट विटक्वाइनको उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल मगाएर यसको उत्पादन गरेका हुन्। 

सिआइवीले दोलखाको खिम्तिमा गइ छापा मारेर विटक्वाइन माइनिङ गर्न प्रयोग हुने सामाग्री बरामद गरेको जनाएको  छ । प्रहरीले बिटक्वाइनको माइनिङ गर्न प्रयोग हुने विटमेन माइनर २६ थान, विटम्यान पावर सप्लाई १५ थान, इन्टरनेट राउटर १ थान, भिडियो रेकर्डर १ थान, ल्यापटप एक थान लगायतका सामान बरामद गरेको छ । 

प्रहरीले सिन्धुली घर भएका ज्ञान प्रसाद पौडेल, अर्घाखाची घर भएका माधव खनाल, काठमाडौका प्रशान्त प्रताप शाह, नुवाकोट घर भएकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिंगमार तामांग, काठमाडौंकै दमन बस्नेत र रुपन्देही घर भएका मनिष कुमार गिरी पक्राउ गरेको थियो। 

बिटक्वाइनको संजालबारे अहिले गहन अध्ययन र अनुसन्धान भईरहेकाले धेरै जानकारी बाहिर ल्याउन उचित नहुने बताइएको छ। प्रहरीले पहिलोपटक बिटक्वाइन कारोबारीलाई पक्राउ गरेपछि अहिले यससम्बन्धि रहस्यहरु खुल्ने क्रममा छन।  

यस सम्बन्धि पछिल्ला अपडेट

बिटसेवाले बन्द गर्‍यो बिटक्वाइनको कारोबार, के होला १० हजार नेपालीको ५० अर्बको बिटक्वाइन ?

बिटक्वाइन कारोबार गर्ने ७ पक्राउ

नेपालमा कसरी हुन्छ 'अबैध' बिटकोइनको कारोबार ? राष्ट्र बैंकलाई किन छ खतरा 

बिटक्वाइन को कारोबार फष्टाउदै, १० हजार नेपालीको ४० अर्ब फस्यो

संसारको सबैभन्दा ठूलो हेज कोषको संस्थापक भन्छन्, 'बिटकोइन पानिको फोका हो '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved