सगुनका लगानीकर्ताले ‘वायर ट्रान्सफर’ गरी रकम पठाउन सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 11:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसनबाट सगुनले मिनी आइपीओ मार्फत स्वामित्व शेयर विक्री गर्न पाउने एक वर्षको समय समाप्त भएको छ। बढिमा २० मिलियन डलर बराबरको स्वामित्व शेयर एक वर्षको अवधिमा विक्री गर्न पाउने स्वीकृति प्राप्त भए अनुसार विभिन्न चरणहरु गरी सगुनले ‘मिनी आइपीओ’ खुल्ला गरेको थियो।

सगुनका अनुसार तीन चरणमा मिनी आइपीओमा विश्वका विभिन्न ८० देशका ८६४६ जना लगानीकर्ताहरुबाट लगानीको प्रतिवद्धता जाहेर भएको छ।विशेष गरि तेश्रो चरणमा लगानी गरेका सबै लगानीकर्तालाई आफ्नो पासपोर्ट र आफू हाल बसिरहेको देशको ठेगाना खुल्ने परिचय पत्र (लाइसेन्स वा अन्य ठेगाना खुल्ने पत्र) पठाउन सगुनले आग्रह गरेको छ। सोही परिचयपत्रका आधारमा बैंकले प्रमाणीकरण गरेपछि मात्र लगानीको प्रकृया पुरा हुने उसले जनाएको छ।

अगष्ट १४ सम्ममा बैंकले प्राप्त गरेको रकमलाई मात्र लगानी रकमको रुपमा स्वीकार हुने कम्पनीले जनाएको छ। वायर ट्रान्सफर गर्न सामान्यतया दुर्इ देखि ४ दिनसम्म लाग्ने भएकोले मिनी आइपीओको तेश्रो वा अन्तिम चरणमा लगानीको प्रतिवद्धता जनाउनले प्रतिबद्धताअनुसारको रकम अगष्ट १० सम्म वायर ट्रान्सफर गरी पठाउन सगुनले आग्रह गरेको छ।

वायर ट्रान्सफर गरिसकेपछि आफ्नो पासपोर्ट र फारम भर्दा उल्लेख गरेको ठेगाना खुल्ने परिचय पत्र जतिसक्दो चाडो उपलब्ध गराउन सगुनले आग्रह गरेको छ। फारम भर्दा क्रेडिट वा डेविट कार्ड मार्फत रकम पठाउने तरिका छनौट गरेकाले सगुनको वेबसाइटमा उल्लेख इन्भेष्टमेण्ट हटलाइन फोन नम्वरमा सम्पर्क गर्न सक्नेछन्।

रकम पठाउन कुनै समस्या भएमा हटलाईन टेलिफोन सेवा, लाइभ च्याट वा इमेलबाट सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ। लगानीकर्ताहरुको विश्वास, शुभचिन्तकहरुको सद्भाव र आम समुदायको समर्थन नै सफलताको लागि शक्ति रहेको भन्दै उसले उनीहरुको अपेक्षा पुरा गर्दै जाने प्रतिबद्धता जनाएको छ। सगुनको एण्ड्रोइड सिस्टमको लागि एप बजारमा आइसकेको छ भने आइओएस् एप चांडै आउने बताइएको छ। सगुनको डेस्कटप भर्सन पनि नयाँ स्वरुपमा प्रयोगमा आएको छ। सगुनका अनुसार सोसीयल स्मार्ट कार्ड चाँडै बजारमा ल्याउने गरी द्रुतरुपमा काम भइरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved