IPL लिलामी: सन्दिप लामिछाने रोजाईमा परेनन, कुन खेलाडी कति मुल्यमा बिक्रि भए ? (सुची सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 27, 2018 | 06:27:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको चर्चित क्रिकेट प्रतियोगिता आइपिएलको २०१८ को संस्करणका लागि लिलाम बढाबढमा खेलाडीहरुको बिक्रि सुरु भएको छ। लिलाममा राखिएका कुल ५७८ खेलाडी मध्ये ३६० जना भारतीय खेलाडी छन भने बाँकी बिदेशी खेलाडी छन। आइपिएल २०१८ को संस्करणका लागि नेपालका चर्चित खेलाडी सन्दिप लामिछाने समेत लिलाममा राखिएका छन। उनको बोलि २० लाख भारू अर्थात ३२ लाख नेपाली रुपैयाँबाट सुरु हुनेछ। 

आइपीएलको ११ औं सिजनमा सामेल क्लबहरुबीच महंगा खेलाडी भित्रियाउने होडबाजी सुरु भएको छ। हेर्नुस कसले कसलाई कतिमा अनुबन्ध गरेको छ। (रकम भारुमा लेखिएको छ) 

चेन्नई सुपर किंग्स 

किंग्स इलेभेन पन्जाबले फाफ डू प्लेसिसलाई १ करोड ६० लाखमा किनेको छ। तर चेन्नईले राइट टु मैच कार्डको उपयोग गर्दै फाफ डू प्लेसिसलाई फेरी आफ्नो टिममा सामेल गरेको हो। त्यस्तै हरभजनलाई चेन्नईले २ करोडमा किनेको छ भने ड्वेन ब्रावोलाई ६ करोड ४० लाख, सेन वाटसनलाई ४ करोड, केदार जाधवलाई ७ करोड ८० लाख, अन्बाती रायडुलाई ६ करोड २० लाखमा किनेको छ।        


दिल्ली डेयरडेविल्स (DD)

अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन मैक्सवेललाई दिल्लीको टिमले ९ करोडमा किनेको छ। त्यस्तै गौतम गम्भीरलाई २ करोड ८० लाख, बेलायतका ओपनर ब्याट्सम्यान जेसन रायलाई १ करोड ५० लाख, न्युजिल्यान्डका कालिन मुनरोलाई १ करोड ९० लाखमा किनेको छ। मुनरोको मुल्य ५० लाख तोकिएकोमा दिल्लीले उनलाई ४ गुणा बढीमा किनेको हो। 


किंग्स इलेवन पंजाब (KXIP)

किंग्स इलेवन पंजाबले भारतका उत्कृष्ट स्पिनर आर आश्वविनलाई ७ करोड ६० लाखमा किनेको छ। प्रिती जिन्टाको टिमले युवराज सिंहलाई २ करोड, करुण नायरलाई ५ करोड, लोकेश राहुललाई ११ करोड, अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान एरोंन फिचलाई ६ करोड २० लाख, अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिसलाई ६ करोड २० लाखमा किनेको छ। मुम्बई इन्डियनले डेबिड मिलरलाई ३ करोडमा किनेपनि पन्जाबले राइट टु मैच को उपयोग गर्दै आफ्नो टिममा फिर्ता गरेको हो। त्यस्तै मार्कस स्टोइनिसलाई पनि राइट टु मैच को उपयोग गर्दै आफ्नो टिममा फिर्ता गरेको हो।

   

कोलकाता नाइट राइडर्स (KKR)

भारतीय अभिनेता शाहरुख खानको टिम कोलकाताले अष्ट्रेलियाको तेज बलर मिचेल स्टार्कलाई ९ करोड ४० लाखमा आफ्नो टिममा समावेश गरेको छ। त्यस्तै अष्ट्रेलियाको उत्कृष्ट ब्याट्सम्यान क्रिस लिनलाई ९ करोड ६० लाख, दिनेश कात्तिकलाई ७ करोड ४० लाख, रबिन उथप्पालाई ६ करोड ४० लाखमा किनेको हो। रबिनलाई मुम्बईले ६ करोड ४० लाखमा किनेको थियो तर पछी कोलकाताले राइट टु मैच को उपयोग गर्दै उनलाई आफ्नो टिममा फिर्ता गरेको हो।  


मुंबई इंडियंस (MI)

मुम्बई इन्डियनसले राइट टु मैच को उपयोग गर्दै कीरोन पालोर्डलाई ५ करोड ४० लाख खर्च गरेर आफ्नो टिममा फिर्ता गरेको छ। त्यस्तै बंगलादेशका तिब्र बलर मुस्ताफिजुर रहमानलाई मुम्बई इन्डियनले ५ करोड ४० लाखमा किनेको छ। बंगलादेशका रहमानलाई सनराइज हैदरावादले राइट टु मैच कार्डको उपयोग नगर्दा रहमान अब मुम्बई इन्डियनबाट खेल्ने निश्चित भएको हो।  


राजस्थान रॉयल्स (RR)

राजस्थान रोयल्सले अल राउन्डर खेलाडी बेन स्टोक्सलाई १२ करोड ५० लाखमा किनेको छ। त्यस्तै पन्जाबले अजिक्य रहाणेलाई ४ करोडमा किनेको थियो तर राजस्थानको टिमले राइट टु मैच कार्डको उपयोग गरेर उनलाई आफ्नो टिममा सामेल गर्न सफल भएको हो। राजस्थानले स्तुअर्ड बिन्नीलाई ५० लाख, विकेटकिपर तथा ब्याट्सम्यान सेमसनलाई ८ करोड र बेलायतका विकेट किपर जोस बटलरलाई ४ करोड २० लाखमा किनेको हो।   

रॉयल चैलेंजर्स बैंगलोर (RCB)

रोयल च्यालेंजर बैंगलोरले न्युजिल्यान्डका पुर्व कप्तान ब्रन्दन ब्रैंडन मैक्कुलमलाई ३ करोड ६० लाखमा किनेको छ। इंग्ल्याण्डका अल राउण्डर खेलाडी क्रिस वोक्सलाई बैंगलोरले ७ करोड ४० लाखमा किनेको छ। बैंगलोरले न्युजिल्यान्डका अल राउण्डर खेलाडी कालिन डी ग्रयान्डहोलाई २ करोड २० लाख, बेलायतका मोइन अलिलाई १ करोड ७० लाख, क्विन्टन डी काँकलाई २ करोड ८० लाखमा किनेको छ। दिल्लीको टिमले डी काँकलाई राइट टु मैच कार्डको उपयोग नगर्दा उनि बैंगलोरमा आएका हुन्। 

सनराइजर्स हैदराबाद (SRH)

सनराइज हैदरावादले राइट टु मैचको अधिकार प्रयोग गर्दै शिखर धवनलाई ५ करोड २० लाख तिरेर किंग्स इलेभेनबाट फिर्ता ल्याएको हो। त्यस्तै हैदरावादले बंगलादेशका अलराउण्डर शकिब अल हसनलाई २ करोड, न्युजिल्यान्डका क्याप्टेन केन विलियमसनलाई ३ करोड, मनिश पाण्डेलाई ११ करोडमा किनेको हो। त्यस्तै टि-२० विश्वकपको फाइनलमा ४ बलमा चार छक्का प्रहार गरेका वेस्ट इन्डिजका अल राउण्डर खेलाडी कार्लोस ब्रेथवेटलाई २ करोड तिरेर हैदरावादले आफ्नो टिममा ल्याएको छ। त्यस्तै युसुफ पठानलाई १ करोड ९० लाख र रिद्दिमान साहालाई ५ करोडमा किनेको छ। युसुफ पठान यस अघिको आइपिएल संस्करणमा कोलकाताका लागि खेलेका थिए।     

ये खिलाड़ी अहिलेसम्म बिक्रि भएनन

जेम्‍स फॉकनर, जोश हेजलवुड, मिचेल जॉनसन, मुरली विजय, क्रिस गेल, जॉनी बैरेस्‍टो, हाशिम अमला, जो रूट, पार्थिव पटेल, सैम बिलिंग्‍स, टिम साउदी, मिचेल मैक्‍लेन्‍घन, लसिथ मलिंगा, मार्टिन गप्‍टिल, नमन ओझा, ईशांत शर्मा, ईश सोढ़ी। आइपिएलको लिलाम लिस्टमा परेपछि झनै चर्चामा आएका सन्दिप लामिछानेलाई अहिलेसम्म कुनै क्लबले किन्ने इच्छा देखाएका छैनन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved