स्पेनिस ला लिगा : मेस्सीको ४५ औं ह्याट्रिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 08, 2018 | 03:06:05 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको छ । गएरातिको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गर्दै टिमको अपराजित यात्रा ३८ खेलसम्म पुर्‍याएका हुन् । 

यससँगै बार्सिलोनाले ला लिगामा लगातार धेरे खेलसम्म अपराजित हुने किर्तिमानको बराबरी गरेको छ । ला लिगामा यसअघि लगातार ३८ खेलसम्म अपराजित रहँदै रियल सोसिडाड सबैभन्दा धेरै खेलमा लगातार अपराजित हुने टिम रहेको छ । 
व्यक्तिगत ४५ औं ह्याट्रिक पूरा गर्ने क्रममा मेस्सीले २७ औं, ३२ औं र ८७ औं मिनेटमा गोल गरेका हुन् । नतिजापछि बार्सिलोनाले दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको अंक दुरी १२ अंकमा पुर्‍याएको छ । एथ्लेटिकोले आइतबार रियल मड्रिडसँग खेल्नेछ भने बार्सिलोनाले आउँदो बुधबार रोमासँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved