दोस्रो ओडीआई: टस जितेर नेपाल ब्याटिंङमा, टोलीमा ३ परिवर्तन (हेर्नुस लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 02:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले टस जितेर ब्याटिंग रोजेको छ । नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्न लागेको नेपालले आजको खेलको लागि ३ खेलाडी परिवर्तन गरेको छ । 

आजको खेलमा करण केसीको स्थानमा ललित भण्डारी,  शरद भेषवाकरको स्थानमा सुवाष खकुरेल, र शक्ति गौचनको स्थानमा रोहित पौडेल आएका छन्  । 

यस्तो छ नेपालको आजको टिम  ।

१.ग्यानेन्द्र मल्ल
२.अनिल कुमार साह
३.सुबास खकुरेल
४.पारस खड्का
५.दिपेन्द्र सिह
६.आरिफ सेख
७.रोहित कुमार पौडेल 
८.सोम्पाल कामि
९.ललित भन्डारि
१०.वसन्त रेग्मि
११.सन्दिप लामिछाने

यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलव ४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जितका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सकेको थियो । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो दोस्रो अवसर हो । 

हेर्नुस लाइभ: 

भिडियो सौजन्य : कान्तिपुर 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved