क्यारेबियन लिग: शिर्ष स्थानमा उक्लियो सन्दिप आबद्द टिम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 08:40:27 AM मा प्रकाशित

laxmi  sunrise bank

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा सन्दिप लामिछाने आबद्द रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ  ।  बारबाडोस ट्रिडेन्सलाई २ विकेटले पराजित टोली १० खेलमा ५ जित सहित ११ अंकका साथ शिर्ष स्थानमा उक्लिएको हो । 

यस संगै सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सको लिग चरणका सबै १० खेल सम्पन्न भएको छ  । टोली शिर्ष स्थानमा उक्लेको भएपनि यो लामो समय भने टिक्ने छैन  । हाल अंक तालिकामा दोस्रो , तेस्रो र चौथी स्थानमा रहेका टिमको समान १०-१० अंक छ र उनीहरुले अझै ३ वटासम्म खेल खेल्न बाँकि छ  । 

यद्यपि अन्य खेलको नतिजा जे सुकै आएपछि सन्दिपको टिम प्ले अफमा भने पुगी सकेको छ  । एसिया कप खेल्ने बिचमै मलेशिया फर्केका सन्दिप हाल टिममा छैनन्  । तर उनी प्ले अफको लागि पुन वेस्ट इन्डिज फर्कने सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved