नयाँ फिफा बरियता : भुटानले उछिन्यो नेपाललाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 20, 2016 | 06:04:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले नयाँ फुटबल बरियता सार्बजनिक गरेको छ । नयाँ बरियातामा नेपाल १८६औं स्थानमा यथावत रहेको छ । नेपालभन्दा अगाडि भारत, माल्दिभ्स र भुटान छन् । १० स्थान माथि उक्लेर  १७९औं स्थानमा पुगेको भुटानले नेपाललाई पछि पारेको छ ।  भुटान नेपालभन्दा ७ स्थान माथि छ ।

  भारत ११ स्थान सुधार गर्दै १३७औं स्थानमा पुगेको छ भने ७ स्थान सुधार गरेको माल्दिभ्स १५८औं स्थानमा पुगेको छ । यता बंगलादेश तीन स्थान खस्कँदै १८७औं स्थानमा पुगेको छ । बरियातामा श्रीलंका र पाकिस्तान क्रमश: १९४औं र १९७ औं स्थानमा छन् ।

बरियतामा अर्जेन्टिनाले शिर्ष स्थान कायम राखेको छ । जर्मनी र ब्राजिल क्रमसः दोस्रो र तेस्रो स्थानमा उक्लेका छन् भने बेज्लियम र कोलम्बिया तेस्रो र चौथो स्थानमा झरेका छन् ।

चिली छैटौं स्थानमा , फ्रान्स सातौं, पोर्चुगल आठौं ,  उरुग्वे नवौं र  स्पेन दशौ स्थानमा छ ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved