धनगढी प्रिमियर लिग माघ १९ देखी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 05:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज प्रतियोगिताको मिती सार्वजनिक गरेको हो ।
प्रतियोगीतामा ६ टोलीहरुको सहभागिता हुने छ । प्रत्येक टिममा १५÷१५ खेलाडी हुनेछन् । त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ ।
प्रतियोगितामा कुल १९ खेल हुनेछन । लिग चरणका शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
प्रतियोगिताको अनुमानित लागत ५ करोड रुपैयाँ छ । प्रतियोगिताका खेलहरु फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितालाई विजय डिस्टिलरीको रुस्लान क्रिकेटले १ करोड १० लाखको मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्लेअफमा ७० र फाइनलमा १०० तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइनेछ । सहभागी टिमलाई ४० प्रतिशत रकम बाडिनेछ ।
डीपीएल २ मा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स सहभागी थिए। फाइनलमा काठमाडौंलाई हराएर धनगढीले उपाधी उचालेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved