ग्वार्डिओलाले लिए 'मिठो बदला' बार्सिलोना बिरुद्द सिटिको शानदार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2016 | 09:05:27 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन लिग फुटबल अन्तर्गतको खेलमा पेप ग्वार्डिओलाको टिम म्यानचेस्टर सिटिले बार्सिलोनालाई हराएको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटिले भ्रमण टोलि बार्सिलोनालाई ३-१ ले पराजित गरेको हो। 

पेप ग्वार्डिओलाले पुर्व टिम बिरुद्द बदला लिने मौका पाएका छन। मेसिले खेलको २१ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि उनको अग्रता धेरै बेर टिक्न सकेन। च्याम्पियन लिगमा उनले गरेको यो गोल ९० औ हो। 

३९ औं मिनेटमा गान्डोगनले गोल गरेपछि पहिलो हाफमा सिटीले १–१ को बराबरी गर्‍यो । दोस्रो हाफमा सिटीले थप दुई गोल गर्‍यो । ५१ औं मिनेटमा डि ब्राउनले सिटीलाई २–१ को अग्रता दिलाए । ७४ औं मिनेटमा गान्डोगनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ३–१ जित निकाल्यो। 

सिटिले यस अघि बार्सिलोनासंग ४-० ले पराजय बेहोरेको थियो। जितसंगै समूह सीमा रहेको सिटीको चार खेलबाट ७ अंक भएको छ । समूहको शीर्ष स्थानमा कायम बार्सिलोनाको ९ अंक छ । समूह सी अन्तर्गत राति नै भएको खेलमा सेल्टिकले बोरुसिया मोनचेङग्लाबाचसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved