थ्रीस्टारले एन्फासँग माग्यो ६ करोड क्षतिपूर्ती, एन्फाको छानविन समिति अस्विकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 04:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीको कारण  एएफसी कप छनौटको दोश्रो चरण खेल्न नपाएको थ्रीस्टार क्लब एन्फा बिरुद्द कडा रुपमा प्रस्तुत भएको छ। थ्रीस्टारले आज एक पत्रकार सम्मेलन गर्दै थ्रीस्टार माथि ठुलो अन्याय भएको र यसको लागि एन्फालाई माफी दिन नसकिने बताएको हो । साथै थ्रीस्टारले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ती पनि माग गरेको छ ।

गएको अगस्टमा एएफसी कपको समूह चरणमा बिजेता बनेर थ्रीस्टार दोस्रो चरणका लागि छानिएको थियो । एशियाली फुटबल महासंघ एएफसीले ढिलोमा नोभेम्बर २३ तारिखसम्म दर्ता गरिसक्न आग्रह गरेपनि एन्फाले कुनै प्रतिक्रिया नजनाएपछि दोश्रो चरणमा सहभागि गराउन नसकिने जानकारी सहितको पत्र एन्फालाई पठाएको थियो । 

थ्रीस्टारले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । साथै लापरबाही गर्ने कर्मचारीमाथि कारबाही हुनुपर्ने क्लबको माग छ ।

एन्फाले यस बिषयमा छानविन समिति गठन गरेपनि थ्रीस्टारले भने एन्फाले आफ्नै  लापरवाही आफैले छानविन गरेको आफुलाई मान्य नहुने स्पष्ट पार्दै त्यस समिति अमान्य हुने बताएको छ  । एन्फाले उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा छानविन समिति गठन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।  

थ्रीस्टारले राष्ट्रिय खेलकुद परिषद्, ओलम्पिक कमिटी र खेलकुद मन्त्रालयलाई छानवीन गर्न माग गरेको छ । 

पत्रकार सम्मेलनमा थ्रीस्टारका महासचिव सञ्जीव सिल्पकारले क्लवहरूको साझा संस्था क्लव एशोसियसन बनाएर एन्फाबिरूद्द क्लवहरू एकजुट हुन अाह्वान समेत गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved