कोरोनाका कारण युरो कप र कोपा अमेरिकाको मिति सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 09:35:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण अन्तराष्ट्रिय फुटबलका २ ठुला प्रतियोगिताको मिति सरेको छ । कोरोना भाइरसको कारण युरो कप र कोपा अमेरिकाको मिति सरेको हो ।

२०२० मा हुन् तय भएको युरो कप अब २०२१ मा हुने भएको छ । २०२० को जुन १२ देखि जुलाई १२ सम्म तय भएको प्रतियोगिता अब २०२१ को जुन ११ देखि जुलाई ११ सम्म संचालन हुने छ । नेसन्स लिग र युरोपियन अन्डर २१ च्याम्पिनसिप पनि सरेको छ । त्यस्तै युरो कपको प्ले अफ खेलको मिति पनि सरेको छ ।

त्यस्तै अमेरिकन देशहरु सहभागी हुने कोपा अमेरिका प्रतियोगिता पनि १ वर्ष पछाडी धकेलिएको छ  । अब यो प्रतियोगिता २०२१ को जुन र जुलाईमा हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved