नगरकोट जाने पर्यटकको प्रवेश शुल्क हट्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 11:07:19 AM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपूरको चाँगुनारायण नगरपालिकाले नगरकोट क्षेत्रमा आउने पर्यटकबाट लिँदै आएको प्रवेश शुल्क स्थगित गर्ने भएको छ । दोहोरो पर्यटन प्रवेश शुल्क लिएको भन्दै आलोचना भएपछि नगरपालिकाले मंसिर २५ गतेबाट प्रवेश सेवा शुल्क स्थगित गर्ने भएको हो ।
गत बुधबारको नगरकार्यपालिकाको ४१ औं बैठकले प्रवेश शुल्क स्थगित गर्ने निर्णय गरेको नगरपालीकाका मेयर सोमप्रसाद मिश्रले जानकारी दिए । चाँगुनारायण नगरपालीकाले गत साउन १ गतेदेखी र काभ्रेको मन्डनदेउपुर नगरपालिकाले असोज २९ गतेदेखी पर्यटकलाई प्रवेश सेवा शुल्क लिँदै आएका थिए ।
दुवै नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकलाई छुट्टाछुट्टै प्रवेश सेवा शुल्क लिएपछि पर्यटन व्यवसायीले आपत्ति जनाएका थिए ।
चाँगुनारायण तिर न्यु दक्षिणकाली सप्लायर्सले चाँगुनारायण ६ र तेलकोट ८ कलमसीबाट र मन्डनदेउपुरले नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यु टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकसँग प्रवेश शुल्क उँठाउँदै आएका छन् ।
चाँगुनारायणले सार्क राष्ट्रका पर्यटकसँग २ सय तथा अन्य राष्ट्रकासँग ३ सय रुपैयाँ प्रवेश सेवा शुल्क लिँदै आएको छ भने, मन्डनदेउपुरले सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकसँग प्रतिव्यक्ति ३ सय ३९ रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय रुपैयाँ (कर बाहेक) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउने गरेको छ ।
नगरकोट आउने पर्यटकसँग प्रवेश सेवा शुल्क स्थगित गरे पनि चाँगुनारायण मन्दिर अवलोकनमा आउने पर्यटकसँग भने शुल्क लिईने नगरप्रमुख मिश्रले बताए । चाँगुनारायण मन्दिरमा २०५५ देखि प्रवेश सेवा शुल्क उठाउन थालिएको थियो । दोहोरो शुल्ककै कारण नगरकोट आउने पर्यटकको संख्या घटेको नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

यसअघि:

नगरकोट जाने पर्यटकलाई दोहोरो करको भारि, स्थानीय सरकारबीच शुल्क उठाउने प्रतिस्पर्धा

दोहोरो पर्यटन शुल्क खारेजको माग गर्दै काठमाडौंमा प्रर्दशन

वडैपिच्छे कर, कसरी बढ्छन् पर्यटक ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved