‘आन्तरिक घुमघामलाई अभियानकै रूपमा अघि बढाऔँ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 29, 2018 | 12:50:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पर्यटनको सिजन सुरु भएको छ । मौसम विस्तार चिसो हुँदैछ, हिमाली भेगमा हिउ पर्न सुरु भएको छ । यो मनमोहक प्रकृतिसँग रमाउन र यसको दृश्य अवलोकनका लागी यस सिजनमा विभिन्न देशबाट पर्यटकहरु नेपाल आउँछन् । वर्षेनी आउने पर्यटकबाट नेपालको आर्थिक विकासमा टेवा पुग्दै आएको छ । रेमिट्यान्समा आधारित, भन्सारमा आधारित नेपालको अर्थप्रणालीलाई आन्तरिक उद्योग र उत्पादनमा आधारित बनाउने सरकारको योजनामा पर्यटन उद्योगले पनि सहयोग पुर्याउने छ । 

पर्यटनको लागी उपयुक्त समय सुरु भएपछि यतिबेला देशका अधिकांश पर्यटकीय क्षेत्रहरू भरिभराउ छन् । विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । केहि दिन अघि मात्रै लोन्लीप्लानेटले विश्वका घुम्नैपर्ने शहरको सूचिमा काठमाडौँलाई पनि समावेश गरेपछि नेपालमा यतिबेला आन्तरिक फूर्ति बढेको छ । यसले पनि सरकारको भिजिट नेपाल वर्ष २०२० मनाउने लक्ष्यलाई केही हदसम्म पक्कै सहयोग गर्नेछ । विश्वका शहरहरुमध्ये कुरुप मानिने काठमाडौँ सुन्दर रहेछ भन्ने भान पनि हुन थालेको छ । 

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा बनाउने घोषणा पनि गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अहिले त्यसको तयारीमा जुटेको छ । केही समयअघि नीजि क्षेत्र र सरकारबीच केही मतभेद देखिएपनि अहिले अभियान सफल बनाउनु पर्छ भन्नेमा सबै लागेका छन् । 

नेपाल पर्यटन बोर्डले उद्यमी इन्नोभेसनसँग मिलेर पर्यटनको क्षेत्रमा नयाँ उद्यमी जन्माउने भन्दै उद्यमी सिड क्याम्प पनि गर्दै छ । ट्रेकिङ एजेन्स एशोसियसन नेपाल (टान) ले पनि आफ्ना गतिविधिलाई बढवा दिएको छ । विभिन्न स्थानमा हाइकिङ गर्ने लगायतका काम टानले गर्दै छ । नारा, नाट्टा, हान लगायतका पर्यटनसँग सिधा जोडिएका संघसंस्थाले पनि भिजिट नेपाल वर्ष २०२० लाई लक्षित गरी काम गर्न थालेका छन् । यो एउटा सुन्दर पक्ष हो । 

नेपाल घुम्न आउने पर्यटकसँगै हातमा लामो लौरो टेकेर पदयात्रामा नेपाली पनि भेटिन थालेका छन् । यसले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको छ । आन्तरिक पर्यटकसमेत पदयात्रामा प्रशस्तै भेटिनु अर्को सुन्दर पक्ष हो । नेपाली नै नेपालको भुगोल, प्राकृतिक अवस्था र धर्म संस्कृतिबारे जानकार छैनन कि भन्दै निजी क्षेत्रले नेपालीलाई नै पहिला नेपाल चिनाउनुपर्ने पनि भन्दै आएका छन् । नेपालीले नेपाल चिनेमात्र संसारलाई चिनाउन सक्छन, त्यसैले आन्तरिक घुमघामलाई अभियानकै रूपमा अगाडि बढाऔं भन्ने नारा पनि लिएका छन् ।

यसो भन्छन् अन्तराष्ट्रिय पर्यटन विद् 

नेपालको पर्यटनका विषयमा अन्तराष्ट्रिय पर्यटन क्षेत्रका विद्धानले पनि सकारात्मक नै कुरा गर्दै आएका छन् । नेपालको पर्यटन उद्योग र समग्र विश्प पर्यटनमा नेपालले देखेको सपनामा पनि उनीहरुले मिल्दोजुल्दो नै भनाई राख्ने गरेका छन् । 

अन्तराष्ट्रिय पर्यटन शिक्षाविद् डा.बर्न भान वाल्विकले घुमाउरो पारामा नेपालमा दक्ष जनशक्ति उत्पादन हुन ढिला भएको तर्क गरेका छन् । उनले भनेका छन्, “हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरु थुप्रै पाँचतारे होटलहरू नेपालमा पनि खुल्नेछन, त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको माग हुनेछ ।”  

काठमाडौँमा आयोजित एक कार्यक्रमा डा. वाल्विकले भूकम्पपछि नेपालले पर्यटकीय गन्तव्यलाई चाँडै पुननिर्माण र पुर्नस्थापित गरेको भन्दै प्रशंसा पनि गरे । भूकम्पबाट ठूलो नोक्सानी बेहोरेपनि नेपालको पर्यटन क्षेत्र निकै छिटो र्पुस्थापीत भएको उनको बुझाई छ । उनी प्रकोप तथा संकटपछिको पर्यटनको व्यवस्थापनसम्बन्धी विज्ञ समेत हुन । नेपालमा भूकम्प गए लगत्तै उनले नेपालको पर्यटन पुनस्र्थापनाका विषयमा प्रवचन पनि  दिएका थिए । 

अन्तराष्ट्रिय पर्यटन उद्योगका ज्ञाता एवम् विज्ञहरुले नेपालमा अन्तराष्ट्रिय पर्यटन रोजगारको धेरै माग हुने पनि आँकलन गरेका छन् । उनीहरुले अन्तराष्ट्रिय स्तरको पर्यटन रोजगारमा विक्न सक्ने जनशक्ति तयार पार्न पनि सुझाएका छन् । 

स्वीस होटल एशोसियशन होटलरी स्वीसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले नेपालको पर्यटन जनशक्तिले विश्वमा पनि अवसर पाउने बताएका छन् । उनले भने, “विश्वभरि नै पर्यटन सम्बन्धि दक्ष जनशक्तिको माग बढ्दै गएको छ, यस्तो बेलामा नेपालमा उत्पादित जनशक्तिले विदेशमा समेत उत्तिकै अवसर पाउछन ।” 

किन बढाईयो पर्यटकलाई कर ?

सरकारले पर्यटकमा लगाउँदै आएको कर बढाएपछि २०२० सम्ममा २० लाख पर्यटकको संख्या पुर्याउने लक्ष्यमा भने कतै असफल भईने हो कि भन्ने चिन्ता थपिएको छ । सरकारले केही दिन अघि देशका विभिन्न क्षेत्रमा रहेका पदमार्ग हुँदै पदयात्रामा जाने पर्यटक (स्वदेशी÷विदेशी) लाई नै कर बढाएको छ । 

यसअघि नेपालीलाई कर नलाग्ने स्थानमा पनि यसपटकबाट भने कर लगाईएको छ । यसबाट अन्नपूर्ण पदमार्ग, नगरकोट लगायत अन्य पदमार्गको बाटो हुँदै पदयात्रामा जाने पर्यटकको संख्या घट्ने भन्दै सरोकारवालले नै चिन्ता व्यक्त गरेका छन् । अन्नपूर्ण गाउँपालिका, मण्डनदेउपूर गाउँपालिका लगायतका स्थानीय तहले निर्णय सच्याउन सरकारलाई आग्रह पनि गरेका छन् । 

तर यसविषयमा सरकारको भने फरक घारणा छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उप–सचिव एवम् सह–प्रवक्ता प्रकाश शर्मा ढकाल पदमार्ग हेर्ने जिम्मा गृह मन्त्रालय अन्तगर्तको अध्यागमन विभागको भएको बताउँछन् । उनले पर्यटन मन्त्रालयले पर्वतारोहण सम्बन्धि विषय मात्रै हेर्ने भएकाले पदमार्गका विषयमा देखिएको विवाद मिलाउने जिम्मा अध्यागमन विभागको भएको पनि बताए । उनले यसअघि यसविषयमा छलफलका लागी गृहले बोलाएको पनि जनाए । शुल्क बढ्दा पर्यटन घट्छन् भन्ने आँकलन गर्नू पनि स्वभाविक भएको ढकालको भनाई छ । 

सरकारी वित्त व्यवस्थापन ऐनले पर्यटन मार्फत उठेको शुल्क २५ प्रतिशत स्थानीय तह, २५ प्रतिशत प्रदेश सभा र ५० प्रतिशत संघमा आउने व्यवस्था गरेको छ । 

यसअघि:

‘भिजिट नेपाल २०२०’ को तयारी : अन्तराष्ट्रिय मिडिया र टुर अप्रेटरलाई नेपाल भ्रमण गराईदै
‘भिजिट नेपाल २०२०’मा नीजी क्षेत्रको सक्रियता, जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved