ट्रेकिङ पोर्टर गाईडलाई लाइसेन्स

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 11, 2018 | 02:46:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ पोर्टर गाईडलाई लाइसेन्स दिने निर्णय भएसँगै अहिले पर्यटन विभागमा निवेदन बढ्न थालेका छन् । सरकारको गत असोज १८ गते ट्रेकिङ पोर्टर गाईडलाई महिना दिन पछि ट्रेकिङ लाईसेन्स दिने निर्णय गरेको थियो । 

सरकारी निर्णयको महिना दिन पुगेपछि हालसम्म एक हप्तामा १० भन्दा बढीले विभागमा लाइसेन्सका लागी निवेदन दिएका छन् । विभागका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट विभिन्न समयमा तालिम लिएका ट्रेकिङ पोर्टर गाइडले विभागमा लाइसेन्सका लागि निवेदन दिन सक्नेछन् ।

लाइसेन्स लिनका लागी ४ प्रति अटो साइजको फोटो, नेपाली नागरिकता, तालिम प्राप्त प्रमाणपत्रको प्रतिलिपि र १० रुपैयाँको टिकट सहितको निवेदन विभागमा पेस गर्नु पर्छ । निवेदन वापत १ सय रुपैयाँ शुल्क लाग्ने विभागले जनाएको छ । सेवाग्राहीले लाइसेन्स दस्तुर वापत एक हजार रुपैयाँ पनि तिर्नु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved