पोखरामा हट एयर बेलुनको व्यवसायिक उडान सुरु, अब आकाशबाटै पोखरा हेर्न पाईने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2018 | 01:38:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा शनिबारदेखि हट एयर बेलुनको व्यवसायिक उडान सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल किनारमा बेलुनको पहिला उडानबाट उडेर उद्घाटन गरे ।
बेलुन नेपाल प्रालीले पर्यटकलाई बेलुनमा राखेर आकाशमा उडाउँदै अन्नपूर्ण हिमश्रृंखला र पोखराको दृश्यावलोकन गराउने जनाएको छ । पोखरामा सन् २०१० मा हट एयर बेलुन फेष्टिभल भए पनि व्यवसायिक उडान भने भएको थिएन ।
२५ देखि ३५ वर्ष उमेरका ५ जना युवा व्यवसायीले डेढ करोड लगानीमा दुईवटा हट एयर बेलुनबाट व्यवसायिक उडान सुरु गरेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल नागरिक उड्डयान प्राधिकरणसँग ५ वटा हट एयर बेलुन उडाउने अनुमति लिई व्यवसायिक उडान सुरु गरिएको बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रबिण महर्जनले जानकारी दिए ।
हट एयर बेलुनमा उडेर ५ सय मिटर उचाईसम्म पुग्न सकिन्छ । हट एयरबाटै स्काइडाइभ, बन्जी जम्प पनि सञ्चालन गर्ने योजना रहेको बेलुन नेपालले जनाएको छ ।
हट एयर बेलुन कास्कीको माछापुच्छ«े गाउँपालिकाको धम्पुस र पोखरा महानगरपालिकाको लौरुकबाट बिहान सूर्योदय अवलोकन गर्ने गरि उडान भरेर एक घण्टा दृश्यावलोकन गरेर हेम्जा र मादीखोलाको किनारमा अवतरण हुनेछ ।
बेलुन उडानमा सहभागीको २० हजार अमेरिकी डलरको इन्सुरेन्स रहेको जानकारी दिए । ठुलो हट एयर बेलुनमा ८ जना र सानोमा ६ जना अट्न सक्छन । बेलुन ६ देखि ८ किलोमिटर प्रति घण्टा उड्ने बताइएको छ ।
हट एयर बेलुनमा उडेर दृश्यावलोकन गर्न नेपाली पर्यटकलाई प्रतिव्यक्ति एक घण्टाको ११ हजार रुपैयाँ र विदेशी पर्यटकलाई १ सय ६० डलर लाग्नेछ । २५ मिनेटको थेथर फ्लाइटको नेपालीलाई ६ हजार र विदेशीलाई ९० डलर लाग्ने छ । यसैगरी स्पेशल थेथर फ्लाइट २५ मिनेटको नेपालीलाई ३३ सय र विदेशी पर्यटकलाई ४ सय ५० अमेरिकी डलर लाग्ने छ । स्पेशल फ्रिफ्लाइट १ घण्टाको नेपालीलाई ६३ हजार र विदेशीलाई ८ सय ४० डलर लाग्ने छ ।
हट एयर बेलुन टर्की, स्पेन, न्यूजिल्याण्ड, म्यानमारमा बढी चल्तीमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved