काठमाडौंको ठमेल स्थति 'काठमाडौं गेष्ट हाउस' बिश्वका जान लायक उत्कृष्ट ६ होटलमा परेको छ। अमेरिकाको ट्राभलर म्यागेजिनले गरेको एक अध्ययनमा बिश्वका जान लायक उत्कृष्ट २८ मध्य काठमाडौं गेष्ट हाउस परेको हो।
म्यागेजिनले बिश्वभर घुमफिर गर्ने अनुभवी यात्रुहरुको विश्लेषणको आधारमा जान लायक उत्कृष्ट २८ होटलको सुची निकालेको हो। जसमा करिब ५० बर्ष पुरानो काठमाडौं गेष्ट हाउस पर्न सफल भएको छ।
व्यवसायी कर्ण शाक्यको लगानी भएको यस होटलमा १०३ कोठा रहेका छन। भूकम्पको क्षति पश्चात पुरानो डिजाइनलाई कायम राखेर आधुनिक शैलीबाट निर्माण गरिएको यो होटल अकुपेन्सीको हिसाबले साेल्टीपछि सबैभन्दा दोस्रो स्थानमा पर्छ।
म्याग्जिनका अनुसार सबैभन्दा राम्राे अर्थात पहिलाे नम्वरमा अण्डर क्यानभास हाेटल, अमेरिका पहिलाे नम्बरमा रहेकाे छ। द क्याम्प जवुलिनी, दक्षिण अफ्रिका दाेस्राेमा रहेकाे छ।
त्यस्तै रोव होटल दुबई तेस्राेमा, रि पर्पाेज्ड मोटेल चाैथाेमा र राफेल युरोपेस्की माश्र्वा पोल्यान्ड पाँचाैमा रहेकाे उल्लेख गरिएकाे छ। यसरी नेपालका घुम्न लायक क्षेत्रहरूमा पर्यटकीय स्थलहरू सूचित भइरहदा होटल क्षेत्रले पनि स्थल पाउनुले पर्यटन विकासमा सहयाेग पुग्ने व्यवसायीको भनाइ छ।
Bizpati Admin