करदाता सेवा कार्यालयको राजस्वमा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 12:17:55 PM मा प्रकाशित

laxmi  sunrise bank

 करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजस्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले बृद्धि भएको आन्तरिक राजस्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । 

उनले चालू आर्थिक वर्षको बाँकी दुई महिनामा सो बृद्धिदर थप बढ्ने अनुमान रहेको पनि बताएका छन् । कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् । यसैबीच, आन्तरिक राजस्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । 

सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको उनले बताए। समीक्षामा उनले राजस्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न पनि आग्रह गरेका थिए ।

देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved