आगामी बजेटको लागि १७ खर्ब ४५ अर्बको सीमा, ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 01:50:42 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि सीमा निर्धारण गरेको छ । योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी ३ आर्थिक वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको हो । 

सोहि अनुसार आयोगले संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालयको लागि आगामी ३ आर्थिक वर्षको लागि बजेट सीमा निर्धारण गरि बजेट सीमा तथा बजेट तर्जुमा मार्गदर्शन पठाएको छ । 

जस अनुसार आयोगले आर्थिक वर्ष ७९/८० को लागि १७ खर्ब ४५ अर्बको बजेटको सीमा तोकेको छ । आर्थिक वर्ष ७७/७८ को लागि केपी ओली नेतृत्वको सरकारले  १६ खर्ब ७४ अर्बको बजेट ल्याएको थियो । सरकार परिवर्तन पछि शेर देउवाको सरकारले प्रतिस्थापन विधयेक मार्फत बजेट आकार घटाएर त्यसलाई १६ खर्ब ३२ अर्बमा झारेको थियो। अर्धवार्षिक समिक्षा मार्फत सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४६ अर्बमा झारेको छ । आर्थिक वर्ष ७९/८० को लागि तोकिएको सीमा अर्धवार्षिक समिक्षाले कायम गरेको हालको बजेट भन्दा २ खर्ब बढी हो 

१७ खर्ब ४५ अर्ब बजेट मध्ये राजश्व संकलन १३ खर्ब ५९ अर्ब रहने अनुमान गरिएको छ । त्यस्तै स्रोततर्फ ५१ अर्ब अनुदान र २ खर्ब २८ अर्ब ऋण मरफ्त हुने उल्लेख छ । २ खर्ब ५७ अर्ब आन्तरिक ऋण रहने आयोगको सीमा छ । त्यस्तै आयोगले आर्थिक वर्ष ७९/८० मा आर्थिक वृद्धि दर ६.५ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत रहने अनुमान गरेको छ । आयोगले आर्थिक वर्ष ८०/८१ र ८१/८२ को बजेटको सीमा  क्रमश १९ खर्ब ३१ अर्ब र २१ खर्ब ९२ अर्ब कायम गरेको छ 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भएको व्यवस्था अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम तथा बजेट र त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमाको लागि आगामी तीन आर्थिक वर्ष (आ.व. २०७९/८०, २०८०/८१ र २०८१/८२) को खर्च सीमाको निर्धारण तथा स्रोत अनुमान तयार गरिएको आयोगले जनाएको छ।

अनुमान तयार गर्दा देहायका विषयवस्तुलाई प्रमुख आधार लिइएको आयोगले जनाएको छ:


• संविधानमा उल्लेखित मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति

• पन्ध्रौं योजना

• चालु आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना (२०७६/७७ - २०७८/७९)

• नेपाल सरकारको नीति तथा कार्यक्रम

• वर्तमान सरकारका साझा न्यूनतम कार्यक्रम

• कोभिड -१९को प्रभावबाट अर्थतन्त्रको समुत्थान

आयोगका अनुसार खर्च सीमा र स्रोत अनुमान गर्दा आगामी तीन वर्षको आर्थिक वृद्धिदर आ.व. २०७९/८०, आ.व. २०८०/८१ र आ.व. २०८१/८२ मा क्रमशः ६.५ प्रतिशत, ६.९ प्रतिशत र ७.१ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ। यसैगरी मुद्रास्फीति पहिलो वर्ष ७ प्रतिशत तथा दोस्रो र तेस्रो वर्ष ६.५ प्रतिशतको सीमाभित्र रहने अनुमान रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved