गार्डियन माईक्रो लाईफको एजीएम सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 03:15:19 PM मा प्रकाशित

laxmi  sunrise bank

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आईतबार बिराटनगरको होटेल एअरर्पोटमा भएको थियो । 

सभाले सर्वसाधारणमा शेयर जारी गर्ने (आइपिओ) प्रस्ताव पारित गरेको छ । साथै सर्वसाधारणमा शेयर जारी गर्न आवश्यक पर्ने सम्पुर्ण कार्य गर्ने अख्त्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो ।

यस्तै, आ.व. २०७९/०८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरण अनुमोदन गरेको छ ।

यस्तै, सभाले आगामी चार वर्षे कार्यकालको लागि संस्थापक शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा.जय प्रकाश जयसवाल, उदय नारायण भट्टराई, सि.ए. त्रिशिला झुनझुनवाला र स्वतन्त्र विज्ञ संचालकमा प्रमोद प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

गार्डियन माइक्रो लाइफ नेपाल बीमा प्राधिकरणबाट जीवन लघुबीमा व्यवसाय गर्न इजजातप्राप्त कम्पनी हो।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved