एनआईसी एसियाको लाभांश प्रस्ताव स्वीकृत, बैंकको अध्यक्षमा अग्रवाल निर्वाचित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 05:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसियाको लाभांश प्रस्ताब स्वीकृत भएको छ। बैंकको भदौ ३० मा डाकिएको २० औ बार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५ प्रतिशत नगद लाभांश पारित गरेको हो। 

२० प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब २ करोड नाघ्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको थियो। 

त्यस्तै बैंकको २० औ बार्षिक साधारणसभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ।

संचालक समितिको अध्यक्षमा अग्रवाल

बैंकको २० औ बार्षिक साधारणसभाले संचालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्वसम्मतले चयन गरेको छ। साथै संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने अन्य सञ्चालकमा जगदीश प्रशाद अग्रवाल र रामचन्द्र सघाई निर्वाचित भएका छन।

त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाल निर्वाचित भएका छन। बैंकको ३२० औ संचालक समितिको बैठकले यस अघि नै स्वतन्त्र संचालकमा गणेश मान श्रेष्ठलाई नियुक्त गरीसकेको छ।          

बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढी कर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved