
सिवाईसी लघुवित्त वित्तीय संस्थाको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखराको पृथ्वीचोकआ सम्पन्न सभाबाट संचालक समितिमा पुराना अनुहारले निरन्तरता पाएका छन्।
उक्त सभाबाट संस्थापक शेयरधनीको तर्फबाट पुराना संचालक पदमनाथ शर्मा, डाेलिन्द्र प्रसाद शर्मा, प्रा. डा.तरुण पौडेलले निरन्तरता पाएका छन् भने जीवन प्रसाद पौडेलको नयाँ प्रवेश भएका छन्। त्यस्तै सर्वसाधारण समुहबाट सुमन घर्ती क्षेत्री, सृजना घिमिरे संचालकमा निर्वाचित भएका छन्। क्षेत्री सिवाईसीको कर्मचारीबाट राजिनामा दिएर संचालक बनेका हुन्।
नयाँ संचालक समितिको पहिलो बैठकले पदमनाथ शर्मालाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ भने प्रबन्ध संचालक पदमा डोलिन्द्र प्रसाद शर्माकै निरन्तरता भएको छ। यद्दपि नेपाल राष्ट्र बैंकले प्रबन्ध संचालक पद नराख्ने शर्तमा साधारणसभाको लागि अनुमति दिएअनुसार सिवाईसीले सीइओको आवेदन खुलाएको छ।
सिवाईसी लघुवित्तले हालै मात्र स्याङ्गजाको आँधीखोला लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेको हो। मर्ज पश्चातको पहिलो वार्षिक साधारणसभामा संचालक नै प्रमुख कार्यकारी हुने प्रबन्ध संचालक पदबारे प्रश्न उठेको थियो। सो बैठकमा प्रबन्ध संचालक शर्माले सीइओ नियुक्तिको प्रकृया अगाडी बढेकाले अब विगतको जस्तो प्रबन्ध संचालक पदले निरन्तरता नपाउने स्पष्ट पारेका थिए।
बिजपाटी डटकमले एकै व्यक्ति संचालक र प्रमुख कार्यकारी रहने प्रबन्ध संचालक बैंक वित्तीय संस्था सम्बन्धि ऐन विपरित भएको भन्दै प्रश्न उठाउदै आएको थियो। सो प्रश्न पश्चात झन्डै आधा दर्जन लघुवित्तमा संचालक र प्रमुख कार्यकारी अलग अलग हुने गरि प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरिएको थियो। तर राजनीतिक तथा अन्य स्वार्थ समुह हाबी भएपछि सिवाईसीमा ऐन अनुसारको व्यवस्था लागू हुन सकिरहेको थिएन। जस कारण प्रबन्ध संचालक पद हटाएर प्रमुख कार्यकारी अधिकृत पद राख्ने सर्त राखेर राष्ट्र बैंकले साधारणसभाको अनुमति दिएको हो।
यस अघि :
- गभर्नरलाई पंगु बनाएका डोलेन्द्रको डरलाग्दो धन्दा, महिनाकै १० लाखले नपुगेपछि पुस्तकको फण्डा
- माओवादी दबाबमा गभर्नरको मनलाग्दी निर्णय: एकै गल्तीमा कसैलाई संरक्षण, कसैलाई कारबाही
- राष्ट्र बैंक विरुद्द अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष, झुटा आरोपमा कारबाही गरेको आरोप
- एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार
- नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम
- ५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?
- सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित
- कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार
- राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न