प्रभु बैंकको नयाँ शाखा काठमाडौंको गुर्जुधारामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 05:20:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले काठमाडौंको गर्जुधारामा नयाँ शाखा संचालनमा ल्याएको छ। आज आइतबार एक कार्यक्रमबीच सभासद राजेन्द्रकुमार केसीद्वारा यस शाखाको उद्घाटन गरिएको जनाइएको छ। 

बैंकले उपत्यका भित्रका बैंकिङ पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरेको बताएको छ। 

यस शाखा मार्फत काठमाडौं क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जा संगै अन्य बैंकिङ सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । उक्त कार्यक्रममा बैंकका अध्यक्ष,सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved