विश्वकपमा सबै खेल हार्नेको सुचीमा भारत र श्रीलंका पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 09:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तान विश्वकपको सबै खेल हार्ने एक मात्र टिम बनेको छ । आज भएको समुह चरणको अन्तिम खेलमा पनि अफगानिस्तानले हारे बेहोरेको हो । आज भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेको हो ।

तर विश्वकपको इतिहासमा एक खेल पनि नाजित्दै बाहिरिने अफगानिस्तान एक्लो टिम भने होइन । यस अघिका संस्करणहरुमा भारतसहितका देशहरु पनि एक खेल पनि नाजित्दै समुह चरणबाट नै बाहिरिएका थिए ।

१९७५ को विश्वकपमा तत्कालिन इस्ट एण्ड सेन्ट्रल अफ्रिका र श्रीलंका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै १९७९ मा भारत र क्यानडा, १९८७ मा जिम्बाबे र श्रीलंका, १९६६ मा नेदरल्याण्ड, १९९९ मा केन्या र स्कटल्याण्ड पनि सबै खेल हार्दै समुह चरणबाट नै बाहिरिएका थिए । 

त्यस्तै २००३ मा नामिबियाँ र बंगलादेश, २००७ मा स्कटल्याण्ड, बर्मुडा, क्यानडा र जिम्बाबे , २०११ मा केन्या र नेदरल्याण्ड तथा २०१५ को विश्वकपमा स्कटल्याण्ड र युएई जितबिहिन हुदै बाहिरीएका थिए । 

आईसीसीले दोस्रो चरण नपुग्ने टोलीलाई केहि पुरस्कार दिने भएकोले सबै खेल हार्ने टिमले पनि पुरस्कार भने पाउने छन् । यस संस्करणमा आईसीसीले लिग चरण पार गर्न नसक्ने ६ टिमलाई समान १ लाख डलर रकम दिदै छ । यस  नुसार अफगानिस्तानले पनि १ लाख डलर पाउने भएको हो ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved