सन् २०१९ को विश्वकप बिजेता सुपर ओभरबाट तय हुने भएको छ । निर्धारित ५० ओभरको खेल बराबरीमा टुंगिएपछि बिजेता निर्क्यौल गर्न सुपर ओभर हुन् लागेको हो ।
टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनायो । २४२ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ५० ओभरमा अल आउट हुदै २४१ रन मात्र बनायो । अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितको लागि १५ रन चाहिएकोमा १४ रन मात्र बनाएको हो । न्युजिल्यान्ड अन्तिम ओभरमा २ विकेट लियो ।
अब सुपरओभरबाट विजेता तय हुने छ । सुपर ओभरमा इंग्ल्यान्डले पहिले ब्याटिंग गर्ने छ भने हरेक टिमसँग २ विकेट मात्र हुनेछ ।