१८ वटा बस्तुको आयातमा गरिएको कडाई दीर्घकालिन होइन, अस्थायी होः राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 03:39:27 PM मा प्रकाशित

laxmi  sunrise bank

१८ वटा बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक पत्रकारहरुसँगको अन्तरकृयामा राष्ट्र बैंकका विनिमय विभागका कार्यकारी निर्देशक रामुचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

विदेशी मुद्रा सञ्चिति र तरलतामा दबाब परेकोले अहिलेको अवस्थालाई व्यवस्थापा गर्न छोटो अवधिका लागि आयातमा कडाई गरिएको पौडेलले बताए । अहिले कडाई गरिएका बस्तुको साइज ठुलो नभएकाले यसले मूल्य वृद्धिमा प्रभाव नपर्ने उनको दाबी छ ।

तर सरोकारवालाहरुले भने झै रोजगारीमा भने सुरु सुरुमा केही असर पर्ने भएपनि नेपालको अर्थतन्त्रलाई अस्थिर राखेर यो क्षेत्रले गुमाउन सक्ने रोजगारीको चिन्ता राष्ट्र बैंकलाई कम हुने पौडेलको भनाई छ । 

नेपाल राष्ट्र बैंकले सोमबार एउटा सर्कुलर जारी गर्दै १८ बस्तुको आयातमा कडाई गरेपछि यसले राजश्व सन्कलनमा प्रभाव पर्ने र कालोबजारी तथा महँगी बढ्ने सरोकारवालाहरुको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved